images
images

कतिमा भयो क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?


  • 351
    SHARES
  • २०८१ चैत्र २८ गते बिहीबार

    कतिमा भयो क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?

    काठमाडौं । प्रि ओपन सेसनमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३ सय २ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

    कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता चैत २७ गते, बुधबार, नेप्सेमा सूचीकृत भएको थियो।

    पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। 

    सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएको हो। 


    images
    images

    Logo