images
images

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?


  • 809
    SHARES
  • २०८१ चैत्र २७ गते बुधबार

    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । बुधबार इन्योरेन्सको ७५ लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो । 

    सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको २२ लाख ५० हजार कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको ५२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ७५ लाख कित्ता सुचीकृत भएको हो ।

    नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम १ सय रुपैयाँ ८६ पैसादेखि अधिकतम ३ सय २ रुपैयाँ ५६ पैसासम्म्म ओपनिङ रेञ्ज तोकिदिएको छ । इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     

     


    images
    images

    Logo