images
images

बहराइनका राजकुमारद्वारा  सगरमाथाको सफल  आरोहण 


  • 522
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    बहराइनका राजकुमारद्वारा  सगरमाथाको सफल  आरोहण 

    काठमाडौं ।बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गरेका छन्।

    बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । 

    सगरमाथाको आधार शिविरमा रहेका विभागका निर्देशक मीरा आचार्यले आज बिहान ६ः४० बजे बहराइनका राजपरिवार सहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए ।

    बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएका थिए ।

    उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।

    वसन्तयामको सगरमाथा आरोहणका यही वैशाख २४ देखि शुरु भएको थियो ।

    कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेको रोप फिक्सिङ गरेपछि व्यावसायिक आरोहण शुरु भएको थियो ।


    images
    images

    Logo