images
images

पर्यटन बोर्डका सीईओलाई मन्त्री आलेले सोधे प्रष्टीकरण, चित्तबुझ्दो जवाफ नआए बर्खास्त गरिने


  • 411
    SHARES
  • २०७८ कार्तिक २३ गते मंगलबार

    पर्यटन बोर्डका सीईओलाई मन्त्री आलेले सोधे प्रष्टीकरण, चित्तबुझ्दो जवाफ नआए बर्खास्त गरिने

    काठमाडौं । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी ३ दिने प्रष्टीकरण सोधेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीमाथि गरेको हातपातबारे पर्यटनमन्त्री प्रेम आलेले सीईओ रेग्मीलाई प्रष्टीकरण सोधेका हुन्।

    रेग्मीले लन्डनबाट फर्किने क्रममा मदिरा सेवन गरी कर्मचारीमाथि दुव्र्यवहार गरेका थिए । विदेशबाट आउँदा बढीमा १ बोतल मात्रै रक्सी लिएर आउन पाउने नियम विपरित उनले ६ बोतल रक्सी लिएर आएपछि भन्सारका कर्मचारीले उनीमाथि सोधपुछ गरेका थिए । 

    तीनदिने प्रष्टीकरणमा जवाफ चित्तबुझ्दो नभए पदबाटै बर्खास्त गरिने चेतावनी दिइएको छ । यसबारे पर्यटन बोर्डले भने सीईओ रेग्मीको बचाउ गरेको छ । बोर्डले पनि विज्ञप्ति जारी गरी कर्मचारीमाथि कुटपिट गरेको भन्नेमा सत्यता नरहेको जनाएको छ।

    कार्यकारी प्रमुखले मदिरा सेवन गरेको भन्ने विषय पनि गलत र भ्रामक रहेको उसले प्रस्टीकरण दिएको छ। भन्सार कर्मचारीको ढिलासुस्ती र व्यवहारको विषय मात्र रेग्मीले उठाएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


    images
    images

    Logo