images
images

साना किसान विकास लघुवित्तले गर्यो लाभांश घोषणा


  • 310
    SHARES
  • २०८१ मंसिर १७ गते सोमबार

    साना किसान विकास लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १३.३० प्रतिशत बोनस शेयर रहेको छ भने ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     


    images
    images

    Logo