images
images

लक्ष्मी सनराइज बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?


  • 383
    SHARES
  • २०८१ मंसिर १६ गते आइतबार

    लक्ष्मी सनराइज बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै बैंकले सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     

     

     


    images
    images

    Logo