काठमाडौं । राजकुमार क्षेत्रीलेृ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको कार्यभार सम्हालेका छन् । तात्कालिन महानिर्देशक राजन पोखरेलको अवकाशपछि कायम मुकायम महानिर्देशकको भूमिकामा रहेका उनलाई महानिर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
प्राधिकरणको उनी नै सबैभन्दा सिनियर थिए । यसअघि क्षेत्रीले यसअघि त्रिभुवन विमानस्थलको महाप्रबन्धक पदको जिम्मेवारी सम्हालिसकेका छन् ।