images
images

अक्सिजन प्लान्ट खरिद भयो प्रयोग भएन


  • 666
    SHARES
  • २०७८ बैशाख २७ गते सोमबार

    अक्सिजन प्लान्ट खरिद भयो प्रयोग भएन

    डोल्पा । स्वास्थ्य सेवा कार्यालयमा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ ।

    जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए।

    दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान  गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिए ।

     ड्रागन मेडिटेक प्रालि सुर्खेतले रु २९ लाखमा उक्त प्लान्टे खरिदको गरेको थियो । बायोमेडिक इन्जिीनीयर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताए ।
     
    शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आपूmहरुसँग बायोमेडिक इन्जिनीयर दुईजना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले बताउने गरेको छ ।

    हाल कार्यालयमा  थन्किएर राखिएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत अक्सिजन दिन सकिने डा मेलिना हमालले जानकारी दिए । 


    images
    images

    Logo