images
images

७ लाख क्विन्टल धान खरिद गर्न खाद्य व्यवस्था कम्पनीले छुट्यायो साढे २ अर्ब बजेट


  • 493
    SHARES
  • २०८१ मंसिर २ गते आइतबार

    ७ लाख क्विन्टल धान खरिद गर्न खाद्य व्यवस्था कम्पनीले छुट्यायो साढे २ अर्ब बजेट

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म ३७ हजार क्विन्टल धान खरिद गरेको जनाएको छ । यो वर्ष कम्पनीले ७ लाख ३६ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको छ । जसका लागि २ अर्ब ५६ करोड बजेट छुट्याइएको छ ।

    खाद्य कम्पनीका १३ वटा  कार्यालयबाट देशैभर २५  जिल्लाका किसान र कृषि सहकारीबाट धान खरिद गरिने कम्पनीको खरिद विभागले जनाएको छ । विभागका अनुसार कार्यालयले स्थानीय सरकारसँग समन्वय गरेर धान खरिद गर्ने भएको छ ।

    पोखरामा जेठोबुढो धान र जुम्लामा मार्सी धान र बाँकी २३ जिल्लाबाट मोटा र मध्यम जातको धान खरिद गरिने छ । 

    यस्तै यो वर्ष कम्पनीले मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १०.५१ रुपैयाँ निर्धारण गरेको छ । 

    यस्तै, मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५ सय ८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।


    images
    images

    Logo