images
images

शाइन रेसुङ्गा डेभलपमेन्टले गर्यो लाभांश घोषणा


  • 297
    SHARES
  • २०८१ कार्तिक २५ गते आइतबार

    शाइन रेसुङ्गा डेभलपमेन्टले गर्यो लाभांश घोषणा

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। कात्तिक २३ गते शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    बैंकले कायम चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


    images
    images

    Logo