images
images

ग्लोबल आइएमई बैंकको साधारणसभा र बुक क्लोज मिति तय


  • 388
    SHARES
  • २०८१ कार्तिक २० गते मंगलबार

    ग्लोबल आइएमई बैंकको साधारणसभा र बुक क्लोज मिति तय

    काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने भएको हाे । 

    यसको आधारमा मंसिर ८ गते नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनुको साथै साधारण सभामा भाग लिन सक्नेछन् ।

    बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि गत वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई चुक्तापुँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। सो प्रस्ताव अनुमोदन गनृका लागि बैंकले मंसिर २७ गते १८औं वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञम प्रतिष्ठान कमलादीमा विहान १० बजे बस्नेगरि सभा बोलाएको छ ।


    images
    images

    Logo