images
images

नेपाल चेम्बर अफकमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने


  • 357
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    काठमाडौं । नेपाल चेम्बर अफकमर्सले कोभिड–१९ बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । 

    आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

    कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालय सँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । 

    हाललाई काठमाण्डौं उपत्यकाभित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् ।

    एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफकमर्सको फोन नं. ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाईल नं. ९८५१२१६०३९मा सम्पर्क राख्न सकिने छ ।

     


    images
    images

    Logo