images
images

भारतले हटायो उसिना चामल निर्यातमा लगाएको कर


  • 395
    SHARES
  • २०८१ कार्तिक ७ गते बुधबार

    भारतले हटायो उसिना चामल निर्यातमा लगाएको कर

    काठमाडौं । भारतले हटायो उसिना चामलको निर्यातमा लगाएको कर हटाएको छ । मंगलबार सरकारले सूचना जारी गर्दै तत्कालबाटै कर हटेको जानकारी गराएको हो । 

    गएको महिना भने विदेशपार निर्यात बढाउन सरकारले आधा उसिनेको चामलको निर्यात कर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।

    गएको महिना सरकारले गैर–बासमति सेतो चामलको निर्यात सुचारु गर्न पनि अनुमति दिएको थियो भने प्रति टन चामलको मूल्य ४९० डलर तोकेको थियो । अहिलेको सिजनमा मनग्गे धान फल्ने र धानको सञ्चिति थप बढ्ने अनुमानमा सरकारले कर हटाएको हो । 

    घरेलु बजारमा मूल्य आकासिएको अनि पर्याप्त आपूर्ति सुनिश्चित गर्न भारतले सन् २०२३ यता नै चामल निर्यातमा अनेकौँ खालको प्रतिबन्ध लगाउँदै आएको थियो ।  


    images
    images

    Logo