images
images

ट्रम्पको चुनावी अभियानलाई मस्कको ७५ मिलियन डलर सहयोग


  • 508
    SHARES
  • २०८१ आश्विन ३० गते बुधबार

    ट्रम्पको चुनावी अभियानलाई मस्कको ७५ मिलियन डलर सहयोग

    काठमाडौं । टेस्लाका प्रमुख एलन मस्कले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ७५ मिलियन डलर सहयोग गरेका छन्। विश्वका धनी व्यक्तिमध्येका एक एलन मस्कले रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति उम्मेदवार ट्रम्पलाई चुनाजी अभियानका लागि ७५ मिलियन अमेरिकी डलर दिएको खुलेको हो । 

    सरकारी अनुसान्धानका क्रममा अमेरिकाको पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पले चुनावी अभियानका लागि मस्कसँग रकम लिएको खुलेको छ ।

    मस्क टेस्ला, स्पेश एक्स  र सामाजिक सञ्जाल एक्स (ट्विटर)का मालिक हुन् । सरकारी अनुसन्धान अधिकारीका अनुसार एलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब ७५ मिलियन डलर रकम दिएको खुलेको हो । जुलाईमा ट्रम्पमाथि भएको हमलापछि मस्कले खुलेरै उनीमाथि समर्थन जनाएका थिए । यद्यपि त्यस घटनाअघि पनि मस्कले ट्रम्पलाई विभिन्न मुद्दामा साथ दिँदै आएका थिए ।

    अमेरिकाको नयाँ राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार छिन् भने रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति ट्रम्पलाई नै उम्मेदवार बनाएको छ । चुनाव नोभेम्बर ५ मा हुँदैछ ।


    images
    images

    Logo