images
images

दशैंका लागि दुई महिनामै भित्रियो ६ करोड ११ लाखको तास


  • 620
    SHARES
  • २०८१ आश्विन २४ गते बिहीबार

    दशैंका लागि दुई महिनामै भित्रियो ६ करोड ११ लाखको तास

    काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा ६ करोड ११ लाख रुपैयाँ मूल्य बराबरको तास नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको विवरण अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँ बराबर मूल्यमा २० लाख ७ हजार ८९२ थान तास नेपाल भित्रिएको हो । 

    गत आर्थिक वर्षको तुलनामा यसपटक तासको निर्यात घटेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको थियो । जुन हालको तुलनामा ५.१४ प्रतिशतले धेरै हो । 

    तासको आयात बापत सरकारले ३ करोड ५२ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत वर्षको सोही अवधिमा सरकारले तास आयातबापत ४ करोड ४ लाख ३३ हजार रुपैयाा राजस्व संकलन गरेको थियो । 

    नेपालमा सबैभन्दा बढी चीनबाट ५ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरको तास भित्रिएको छ । त्यस्तै, भारतबाट ९० लाख ५७ हजार रुपैयाँका तास भित्रिएको छ । त्यसैगरी बेलायत र अमेरिकाबाट पनि नेपालमा तास आयात हुने गरेको छ ।

    दशैं तिहारको समयमा तास खेल्ने चलन छ । कतिपयले रमाइलोका लागि परिवारका सदस्यबीच मात्र खेल्छन् भने कतिपयले पैसाको लेनदेन गर्ने गरी खेल्छन् । तर तास नेपालमा उत्पादन हुँदैन । सोही कारण विदेशबाट तास आयात गर्नुपर्ने अवस्था रहेको छ ।


    images
    images

    Logo