images
images

कोक, फान्टा र स्प्राइटले तोक्यो नयाँ मूल्य, अब कति पर्छ ?


  • 779
    SHARES
  • २०८१ आश्विन २० गते आइतबार

    कोक, फान्टा र स्प्राइटले तोक्यो नयाँ मूल्य, अब कति पर्छ ?

    काठमाडौं । बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)ले दुई लिटर (२ हजार मि.लि)को पेट बोतलको कोक, फान्टा र स्प्राइटको नयाँ मूल्य निर्धारण गरेका छन्।

    कोकाकोला कम्पनीअन्तर्गतका यी दुवै कम्पनीले असोज १९ गते (अक्टोर ५)देखि लागू हुने नयाँ मूल्य निर्धारण गरेको छ। नयाँ मूल्यअनुसार दुई लिटरको पेल बोतलको कोक, फान्टा र स्प्राइट एक केस (६ बोतल)को खुद्रा वितरक मूल्य (मूअकरसहित) १ हजार २४५ रुपैयाँ र खुद्रा वितरण कमिसन ७५ रुपैयाँ रहेको छ।

    यसैगरी उपभोक्ता मूल्य प्रतिकेस १ हजार ३२० रुपैयाँ र प्रतिबोतल २२० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

    यसका साथै पुरानो मूल्य भएको स्टकको सोहीअनुसार पुरानै मूल्य रहने गरी बिक्रीवितरण हुने पनि कम्पनीले स्पष्ट पारेको छ।


    images
    images

    Logo