images
images

मारुती सिमेन्ट्सको लाभांश घोषणा, साधारणसभा पनि आह्वान


  • 459
    SHARES
  • २०८१ आश्विन १८ गते शुक्रबार

    मारुती सिमेन्ट्सको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

    काठमाडौं । मारुती सिमेन्ट्सको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०\८१ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको करसहित ४ प्रतिशत लाभांश घोषणा गरेको छ।

    लाभांश पारित गर्न आगामी कात्तिक ११ गते ३०औं वार्षिक साधारण सभा आह्वान गरिएको छ। विराटनगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालय बिहान साढे ११ बजे सभा सुरु हुनेछ।

    त्यस्तै, कम्पनीको सञ्चालक समतिबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको एक लाख भन्दा माथिका रकम अनुमोदन गर्ने, विभिन्न बैंकबाट लिइएको ऋणको अनुमोदन तथा स्वीकृति गर्ने र सञ्चालक समितिबाट आव ०८०\८१ मा भए गरेका निर्णय पारित गर्ने एजेण्डा छन्।

    वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित ०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गरिने कार्यसूची पनि छ। चालु आवका लागि लेखापरिक्षकको नियुक्ति  गरिनेछ।


    images
    images

    Logo