images
images

हाथवे इन्भेष्टमेन्टले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 336
    SHARES
  • २०८१ आश्विन १५ गते मंगलबार

    हाथवे इन्भेष्टमेन्टले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले साधारसभा बोलाएको छ । कम्पनीले कात्तिक २५ गते, आइतबार, आम्रपाली ब्याङ्केट, काठमाडौंमा बिहान १० बजे बस्नेगरि बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo