images
images

अरुण काबेलीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 318
    SHARES
  • २०८१ आश्विन ११ गते शुक्रबार

    अरुण काबेलीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । अरुण काबेली पावर लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक ४ गते, आइतबार, होटल क्रिष्टल पशुपती, गौशाला, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको हो । 

    सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, हकप्रदबाट संकलन भएको रकम मध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनको शेयरमा लगानी गर्ने, सो आयोजनामा लगानी गर्ने कुमारी बैंकलाई यस कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ। त्यस्तै, सभाले आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक पनि नियुक्त गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १८ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।


    images
    images

    Logo