images
images

दुई महिनामै नेपाल भित्रियो करिब ३ करोडको प्याज


  • 460
    SHARES
  • २०८१ आश्विन १० गते बिहीबार

    दुई महिनामै नेपाल भित्रियो करिब ३ करोडको प्याज

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो २ महिनामा करिब ३ अर्ब रुपैयाँ बराबर रकमको प्याज नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ महिनामा मात्रै २ करोड ९९ लाख ५६ हजार रूपैयाँ मूल्य बराबरको प्याज नेपाल भित्रिएको हो । 

    गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २८७.४३ प्रतिशतले बढी प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ । 

    विभागका अनुसार दुई महिनामा १ लाख ६ हजार ४३३ किलो प्याज आयात गरिएको हो । गत आर्थिक वर्ष साउन र भदौमा ७७ लाख ३२ हजार रूपैयाँ बराबरको ५० हजार ५२७ किलो प्याज आयात गरेको थियो ।

    नेपालमा चीन र भारतबाट सुकेको प्याज आयात हुने गरेको विभागको तथ्यांक छ । भारतबाट १ करोड ५१ लाख २६ हजार र चीनबाट १ करोड ४८ लाख ३० हजार रूपैयाँको प्याज आयात गरिएको छ ।

    गत आर्थिक वर्षभर ९ करोड रूपैयाँको ५ लाख ९३ हजार ५७६ किलो प्याज आयात भएको थियो । सबैभन्दा बढी भारतबाट ५ करोड ५८ लाख ७२ हजार रूपैयाँको र चीनबाट ३ करोठ ४१ लाख ४८ हजार रूपैयाँको प्याज आयात गरिएको थियो ।


    images
    images

    Logo