images
images

सुपर मादी हाइड्रोपावरले गर्यो लाभांश घोषणा, साधारण सभा पनि आह्वान


  • 283
    SHARES
  • २०८१ आश्विन ९ गते बुधबार

    सुपर मादी हाइड्रोपावरले गर्यो लाभांश घोषणा, साधारण सभा पनि आह्वान

    काठमाडौं । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । गत असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    यसैगरी, सोही बैठकले लाभांशसहितका प्रस्तावहरु पारित गर्न आगामी कात्तिक ५ गते होटल इम्पेरियल बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    यसका साथै, कम्पनीले ताप्लेजुङ जिल्लास्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने, सोसम्बन्ध र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     

     


    images
    images

    Logo