काठमाडौं । काठमाडौंबाट नजिकको पर्यटकिय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने भएको छ । शंखरापुर नगरपालिकाकामा मणिचुड देखि जर्सिङपौवा सम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो । जुन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन हुने सञ्चालकको दावी छ ।
यो जिपलाईले मणिचुड धार्मिक र जर्सिङपौवा रमणीय क्षेत्र भएकोले धार्मिक र अन्य पर्यटकलाई जोडन् सघाउ पुर्याउने शंखारपुर नगरपालिकाका प्रमुख शुबर्ण क्षेष्ठले बताएका छन् । मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मीक कुण्ड रहेको उनको भनाई छ ।
त्यस्तै धार्मीक र अन्य रमणीय क्षेत्रहरुलाई जोड्न सडका मार्गको उस्तर उन्नति गरिने उनले बताएका छन् । यो जिपलाईने यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेल्ने र राजधानीबाट नजिकको र नेपालकै उत्कृष्ठ मौसम रहेको सञ्चालक नविन हुमागाइले बताएका छन् । यो जिपलाईने यस क्षेत्रका नागरिकको आर्थिक स्थितिमा समेत सुधार ल्ने उनको विश्वास छ ।
जिपलाईन पछिल्लो समय पर्यटकलाई आकर्षण गर्ने प्रमुख माध्यम भएपनि उपकरण लगायत दक्ष्य जनशक्तिको भने अभाव रहेको छ । एसियाकै दाेस्राे लामो जिपलाईन बनाउनु आफैमा चुनौतिपूर्ण भएको निमार्ण कम्पनीले जनाएको छ । उपकरण देखि दक्ष्य जनशक्ति समेत भारत लगायतका तेस्रो मुलुक बाट ल्याउनुपर्ने भएकोले निमार्ण कार्य निकै चुनौतिपूर्ण रहेको निमार्ण कम्पनीले बताएको छ । ८ करोड लागतमा बन्न लागेकोे जिपलाईन ६ महिना भित्र सञ्चालनमा आउने भनिएको छ ।
उक्त जिपलाईनको सिलन्यास कार्यक्रम विहिवार सम्पन्न भइसकेको छ ।



सुजिता सापकोटा

