images
images

दोलखा भीमेश्वरलाई फेरि आयो पसिना 


  • 663
    SHARES
  • २०७८ बैशाख २५ गते शनिबार

    दोलखा भीमेश्वरलाई फेरि आयो पसिना 

    काठमाडौं । प्रसिद्ध दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भिमेश्वरको शिलामा १ घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा  पसिना आएको स्थानीयले बताएका छन् । 

    यस पटक शिलाको बाँया र बीच दुवै भागमा पसिना आएको उनले बताए  । बायाँ पसिना आउँदा अनिष्ट हुने बताइएको छ । भीमेश्वरलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए ।

    भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजा बजाइन्छ । पसिना आएको खबर सार्वजनिक हुनासाथ दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।

    शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गर्ने गरिन्छ ।   साथै शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन रही आएको छ ।


    images
    images

    Logo