images
images

भारतको वाराणसीका लागि बुद्ध एयरले थप्यो उडान


  • 396
    SHARES
  • २०८१ आश्विन २ गते बुधबार

    भारतको वाराणसीका लागि बुद्ध एयरले थप्यो उडान

    काठमाडौं । बुद्ध एयरले आज बुधवारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ । यसअघि साताको सोमबार र शुक्रबारमात्रै वाराणसी उडान गरिरहेको बुद्ध एयरले अब बुधबार पनि उडान गर्ने भएको हो। साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुद्ध एयरले जनाएको छ।

    बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि उपलब्ध गराइरहेको छ। यात्रुलाई भारतको गया गएर सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ।

    बुद्धका उडानबाट वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ। काठमाडौंबाट वाराणसीको सुरुवाती एकतर्फी भाडा ११ हजार ३ सय ६० रूपैयाँ रहेको छ। उडान समय काठमाडौंबाट ७:१५ तथा वाराणसीबाट ८:३० रहेको छ।


    images
    images

    Logo