images
images

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुक क्लोज मिति तय


  • 327
    SHARES
  • २०८१ आश्विन २ गते बुधबार

    ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुक क्लोज मिति तय

    काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ। फण्डले असोज ११ गते, शुक्रबार, एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।

     यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। 

    फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

    फण्डको कोष प्रबर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ।


    images
    images

    Logo