images
images

सीईडीबी हाइड्रोपावरले बोनस वितरणपश्चात हकप्रद निष्काशन गर्ने, बोलायो साधारण सभा


  • 308
    SHARES
  • २०८१ भाद्र ३० गते आइतबार

    सीईडीबी हाइड्रोपावरले बोनस वितरणपश्चात हकप्रद निष्काशन गर्ने, बोलायो साधारण सभा

    काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गरेपश्चात हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । 

    सो सभाले बोनस वितरण र हकप्रद निष्काशनको प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images
    images

    Logo