images
images

लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 290
    SHARES
  • २०८१ भाद्र ३० गते आइतबार

    लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

    बैंकले असोज २० गते, आइबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यस्तै, सभाले बोनस शेयर जारीपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo