images
images

लाभांश वितरणको प्रस्तावसहित नेपाल ल्यूब आयलले बोलायो साधारण सभा


  • 391
    SHARES
  • २०८१ भाद्र २७ गते बिहीबार

    लाभांश वितरणको प्रस्तावसहित नेपाल ल्यूब आयलले बोलायो साधारण सभा

    काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । 

    कम्पनीले असोज १८ गते, याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ भने प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    यसका साथै सभाले एफपीओ निष्काशनपश्चात प्राप्त पूँजीको उपयोग, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo