images
images

सगरमाथा आरोहणमा कुनै कोरोना जोखिम छैनः पर्यटन मन्त्रालय


  • 628
    SHARES
  • २०७८ बैशाख २५ गते शनिबार

    सगरमाथा आरोहणमा कुनै कोरोना जोखिम छैनः पर्यटन मन्त्रालय

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ ।

    नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन–प्रसारण गरेका थिए ।

    वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका र  आरोहण अभ्यास गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।     

    आधिकारीक निकायबाट कुनै जानकारी प्राप्त नभएको अवस्थामा सरकारी निकायसँग समन्वय र सम्पर्क नगरी भ्रमपूर्ण र पर्वतारोही, पर्वतारोहीका परिवारमा त्रास फैलाउने गरी अपुष्ट सूचना प्रकाशन नगर्न तथा आधिकारिक निकायबाट प्रमाणित सूचना मात्रै प्रकाशित गर्न मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध पनि गरेको छ ।

    वसन्त यामको सगरमाथा आरोहण शुक्रबार साँझ कीर्तिमानी कामीरिता शेर्पा नेतृत्वको १२ जना शेर्पा समूहले रोप फिक्सिङ सगरमाथामाको चुचुरोमा डोरी टाँग्ने गरेपछि औपचारिक  रुपमा व्यवसायिक आरोहण शुरु भएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए ।

    यस पटकको आरोहणमा कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोडेर सगरमाथाको २५ औँ पटक आरोहणको विश्वकीर्तिमान कायम गरे । 


    images
    images

    Logo