काठमाडौं । गत आर्थिक वर्षमा साढे ३ अर्ब भन्दा धेरैको आगो बाल्ने लाइटर नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा ३ अर्ब ६५ करोड रुपैयाँ बराबर रकमको लाइटर भित्रिएको हो ।
आर्थिक वर्षभरिमा नेपालमा ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको पुनः ग्यास भर्न नमिल्ने ५५ करोड १४ लाख वटा लाइटर भित्रिएका छन् । सो परिमाणको लाइटर आयात बराबर सरकारले १ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै, सोही अवधिमा १७ करोड रुपैयाँ बराबर रकममा २ करोड ४१ लाख वटा ग्यास भर्न मिल्ने लाइटर भित्रिएका छन् । सो परिमाणको ग्यास भर्न मिल्ने लाइटरबापत सरकारले ५ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।