images
images

निजी अस्पतालमा छापा मार्ने प्रशासनको तयारी

सिलिन्डर अनावश्यक स्टक गरे जफत गरिने, शुल्क धेरै लिए कारबाही


  • 638
    SHARES
  • २०७८ बैशाख २३ गते बिहीबार

    निजी अस्पतालमा छापा मार्ने प्रशासनको तयारी

    काठमाडौं । कोभिड–१९ संक्रमितसँग चर्को महशुल लिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी अस्पतालहरुमा छापा मार्ने तयारी गरेको छ । तोकिएकोभन्दा बढी शुल्क लिन थालेको भन्दै व्यापक आलोचना भएपछि ती चर्चित अस्पतालहरुमा छापा मार्न लागिएको हो । 

    काठमाडौंका ह्याम्स अस्पताल, केएमसी अस्पताल लगायतका निजी अस्पतालहरुले कोभिड संक्रमितसँग बेडचार्ज नै दैनिक ३० हजार रुपैयाँसम्म तोकेका थिए । महामारीको समयका कालोबजारी गर्न खोजेको भन्दै उनीहरुविरुद्ध प्रशासनले बुधबार प्रष्टिकरण सोधेको थियो । 

    तर, ह्याम्स र केएमसीले आफूले मात्रै नभएर राजधानीका अरु अस्पतालले पनि यस्तै शुल्क लिने गरेको भनेपछि प्रशासनले छापा मार्न लागेको हो । 
    अहिले निजी अस्पतालले आईसीयु बेडको दैनिक १५ हजार रुपैयाँभन्दा बढी शुल्क लिन पाउँदैनन् । 

    प्रशासनले अनावश्यक रुपमा अिक्सजन सिलिन्डर होल्ड गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग रहेको अक्सिजन जफत गर्ने योजना समेत बनाएको छ । बुधबार मुख्यसचिवको अध्यक्षतामा रहेको कोभिड सहजीकरण बैठकले शुक्रबारसम्म देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाले होल्ड गरेको अक्सिजन सिलिन्डर जफत गरिसक्ने योजना बनाएको थियो । 


    images
    images

    Logo