images
images

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भर्चुअल रुपमा आयोजना


  • 815
    SHARES
  • २०७८ बैशाख २३ गते बिहीबार

    अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भर्चुअल रुपमा आयोजना

    काठमाडौं । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव निफको चौथो संस्करण आज शुरु हुँदैछ । 

    भर्चुअल संस्करणमा यस वर्ष  भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाए । 

    विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्यसहित शुरु भएको निफ यस वर्ष भर्चुअल रुपमा सञ्चालन गर्न लागिएको हो ।

     नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए, “नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने गरी नेपालमा हुँदै आइरहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो । हाल देश निषेधाज्ञामा रहेकाले  हामीले भौतिक रुपमा  महोत्सव आयोजना गर्न नसकी भर्चुअल रुपमा आयोजना गर्ने लागेका हौंँ ।” 

    पाँच दिनसम्म चल्ने महोत्सवमा पहिलो दिन कश्यपले अनुभव सुनाइसकेपछि शुक्रबारदेखि अन्य गतिविधि सञ्चालन गरिने जनाइएको छ । महोत्सव यही वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । 


    images
    images

    Logo