images
images

मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण


  • 514
    SHARES
  • २०७८ बैशाख २३ गते बिहीबार

    मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण

    जनकपुर । प्रदेश नं २ सरकारद्वारा  जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरिएको छ ।

    सरकारद्वारा सो भवनमा २० आइसियुसहित १०० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाइएको छ ।

    सोका लागि प्राविधिक प्रक्रिया अगाडि बढाइएको र सम्पूर्ण प्रक्रिया पूर्ण गरी २० दिनभित्र कोरोना अस्पताल सञ्चालन गर्ने गरी कार्य भइरहेको छ ।

    इञ्जिनीयर भगवान् झाका अनुसार प्राविधिक प्रक्रियाअन्तर्गत प्रशासनसँग समन्वय गरी भवनको मुचुल्का उठाउने कार्य सम्पन्न भइसकेको छ भने अब व्यवस्थापनको कार्यलाई तीव्रता दिइने छ ।

    सो भवनमा कोरोना अस्पताल सञ्चालन सन्दर्भमा भवन र परिसर प्रहरीको जिम्मा दिई अस्पताल सञ्चालनको पूर्व व्यवस्थापन गरिने बताइएको छ ।

    प्रयोगविहीन  रहेको मणिपाल शिक्षण अस्पतालका कोठाहरूमा झ्याल नभएको, रङरोगन र ढोका जीर्ण अवस्थामा रहेको बताइएको छ ।

    इञ्जिनीयर झाले अस्पताल सञ्चालनका लागि जनशक्ति भर्नाको कार्य पनि शुरू गरिएको बताए ।


    images
    images

    Logo