images
images

‘श्रमाधान रोजगार मेला’ आजदेखि कोशी प्रदेशबाट शुरु


  • 546
    SHARES
  • २०८१ जेठ १७ गते बिहीबार

    ‘श्रमाधान रोजगार मेला’ आजदेखि कोशी प्रदेशबाट शुरु

    काठमाडौं । ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशबाट शुरु भएको छ । कोशी प्रदेशको विराटनगरमा शुरु भएको मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । सबै प्रदेशमा रोजगारदाता र श्रमिकलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले सरकारले आजदेखि रोजगार मेला शुरु गरेको हो ।

    हरेक प्रदेशमा दुई/दुई दिन सञ्चालन हुने मेला जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सकिने मन्त्रालयले जनाएको छ । विराटनगरमा आज र भोलि, मधेश प्रदेशको जनकपुरमा १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ । श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने श्रम मन्त्रालयले जनाएको छ ।

    श्रम मन्त्रालय र मातहतका सबै निकाय एवम् विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल सङ्घ नेपाल लगायतका स्टल रहनेछन् । मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने सरकारको विश्वास छ ।

    shram rojgar mela.jpg


    images
    images

    Logo