images
images

म्याद सकिएपछि विकास बजेटको पुरानै नियति बागलुङ –बेनी सडक


  • 659
    SHARES
  • २०७८ बैशाख २२ गते बुधबार

    म्याद सकिएपछि विकास बजेटको पुरानै नियति बागलुङ –बेनी सडक

    बागलुङ । लामो समयदेखि जीर्ण रुपमा रहेको बागलुङ बेनी सडकको स्तरोन्नति भइरहेको छ । ठेक्का म्याद सकिएसँगै उक्त सडक स्तरोन्नतिले तीव्र गति पाएको हो ।

    बागलुङ नगरपालिका–१ रामरेखा घुम्तीदेखि बेनी नगरपालिकाको रत्नेचौरसम्मको ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ ।

    लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक डिभिजन कार्यालयले यसअघि टालटुल मात्रै गर्दै आएको थियो । सडक निकै साँघुरो  र खाल्टाखुल्टी रहेको सडकमा सडक विभागले भत्केको मात्रै सडक कालोपत्र गर्दै जाँदा दुर्घटनाको जोखिम बढेदै गएपछि एसपटक सडक स्तरोन्नतिसहित पूरै सडक कालोपत्र गर्ने गरी कामले तीव्रता पाएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले जानकारी दिए । 

    उक्त सडक २०७६ माघ १३ गते रु तीन करोड ३७ लाख ७७ हजारमा फेवा÷बिएमए जेभीसँग ठेक्का सम्झौता भएको थियो । २०७७ साल माघ १३ गते म्याद सकिएको ठेक्काको पुनः ठेक्का मिति थप्ने प्रक्रियामा रहेको छ । 

    म्याद सकिएपछि कामले तीव्र गति पाउँदा विकास बजेटको पुरानै नियति देखिएको स्थानीयवासीले आरोप लगाएका छन् । 

    उक्त सडकको केही भागको नाली जीर्ण हुँदाहुँदै सडक कालोपत्र गर्दा पुनः नाली निर्माण गर्दा सडक झनै बिग्रिने स्थानीयवासीको भनाइ रहेको छ ।

    ११ किलोमिटर सडकमध्ये बुडुलेको डोडेनीखोला आसपासमा सडकको कटिङ तथा नालीको कामसमेत भइरहेको छ । सकड मर्मत तथा चौडा पारेको भागमा कालोपत्र सकिएपछि पुनः चाइनिज प्रविधिमार्फत सडक कालोपत्र गरिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

    उक्त सडक खण्डमध्ये दुई किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेशसमेत गरिएको छ । तर स्थानीयवासीले बेनी बागलुङ सडक विस्तार गर्दा मुआब्जा नपाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन् । त्यस कारण मध्यपहाडी लोकमार्गले मालढुङ्गादेखि उपल्लाचौरसम्म ठेक्का लगाएर विस्तार गर्न सकेको छैन । 


    images
    images

    Logo