images
images

नेप्सेमा १०८ अंकको भारी गिरावट, ११ अर्बको कारोबार


  • 397
    SHARES
  • २०७८ भाद्र २० गते आइतबार

    नेप्सेमा १०८ अंकको भारी गिरावट, ११ अर्बको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा आज पनि भारी गिरावट आएको छ ।

    साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से करिब १ सय ८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७६ अंकमा झरेको हो ।

    आज ११ अर्ब २४ करोड बराबरको २३ करोड ७९ हजार कित्ता शेयर कारोबार भएको छ 

    बजारमा आज सबै उपसूचक सहित १ सय ७९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ, भने ६ कम्पनीको मुल्य बढेको छ।

    बजारमा उच्च गिरावटका आएपछि सबै  कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ  ।
    शेयरमा नकारात्मक सर्किट लागेपछि ४० मिनेटको लागि शेयर कारोबार समेत बन्द भएको हो । 

    बजार परिसूचक नेप्सेमा ५ अंकको नकारात्मक सर्किटब्रेक लागेको हो । 

    आज विकास बैंक, ७ प्रतिशत हाइड्रोपावर,तथा ट्रेडिङ उपसूचकमा ६ प्रतिशत र फाइनान्समा ८ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ भने होटल तथा टुरिज्म उपसूचकमा ४ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ । 

    nepse today.JPG

     


    images
    images

    Logo