images
images

महुली लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 369
    SHARES
  • २०८० चैत्र ४ गते आइतबार

    महुली लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । महुली लघुवित्तले साधारणसभा बोलाएको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत्र २६ गते सोमबार, आफ्नै केन्द्रीय कार्यालयमा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले यस बर्ष लाभांश प्रस्ताव गरेको छैन ।

    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० आषाढ मसान्तसम्मको वासलात, २०७९ श्रावण १ गते देखी २०८० आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी निर्णय गरेको छ । 

    सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागी लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले वित्तीय संस्थाको संस्थापक तर्फको रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिबाट भएको मनोनयन अनुमोदन गर्ने, बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम यस वित्तीय संस्थाको संस्थापक शेयरलाई सर्वसाधारण शेयर समुहमा परिणत गर्ने तथा सो सम्बन्धमा कार्य गर्न गराउन सम्बन्धीत निकायबाट स्वीकृती लिई पूँजी संरचना परिवर्तन गर्न वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    साथै, सो सम्बन्धमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतबाट स्वीकृती लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन र परिवर्तन गर्न निर्देशन भएमा वा भाषिक फेरवदल गर्नु पर्ने भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन लगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

    सभाले संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, सम्झदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षक वा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने रगाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियमक निकायहरुबाट निर्देशन गरे बमोजिमका विबरण उपलब्ध गराउने लगायतका सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

    कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।  

     


    images
    images

    Logo