काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक महिनायताकै न्युन बिन्दुमा झरेको छ । मंगलबार नेप्से ६९.५ अंकले घटेर २९७५.८४ बिन्दुमा पुगेको हो ।
आज बजारमा १५ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १ सय ८६ कम्पनीको कारोबार भएको नेप्सेमा १४ कम्पनीको शेयरमुल्य मात्र सकरात्मक रहन सके । बाँकि कम्पनीको शेयर मुल्यमा भारी गिरावट आएको छ ।
बजारमा नेप्सेसहित, फ्लट, सेन्सेटीभ फ्लट, सेन्सेटीभ सबै सुचकहरु नकरात्मक देखिएका छन् । साथै सबै उपसुचकहरु नकरात्मक देखिएका छन् ।
बजारमा कर्णाली विकास बैंक, मनकामना स्मार्ट लघुवित्त, सपोर्ट माईक्रोफाइनान्स लगायतका कम्पनिको शेयर मुल्य सकरात्मक रह्यो भने रु रु जलविद्युत्, माउन्टेन हाइड्रो तथा हिमालयन उर्जा विकास लगायतका कम्पनीको शेयर मुल्यमा अत्याधिक गिरावट आएको छ ।



