images
images

अमेरिकाद्वारा रुसमाथि ५ सयभन्दा बढी नयाँ प्रतिबन्ध


  • 350
    SHARES
  • २०८० फाल्गुण १२ गते शनिबार

    अमेरिकाद्वारा रुसमाथि ५ सयभन्दा बढी नयाँ प्रतिबन्ध

    युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुस विरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी विपक्षी नेता एलेक्से नाभाल्नीको रुसको आर्कटिक क्षेत्रको पेनल कोलोनीमा मृत्यु भएको कारणले पनि प्रतिबन्धहरू लगाइएको बताएका छन् । सो घटनामा वाशिङ्टनले रुसी सरकार जिम्मेवार रहेको दाबी गरेको छ ।

    'यी प्रतिबन्धहरूले नाभाल्नीको कारावासका साथसाथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार, खरीद नेटवर्कहरू र थुप्रै महाद्वीपहरूमा प्रतिबन्धहरू बेवास्ता गर्ने व्यक्तिहरूलाई लक्षित गर्ने,' बाइडेनले उल्लेख गरेका छन् ।

    रूसले फेब्रुअरी सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको थियो ।


    images
    images

    Logo