images
images

अर्को निर्णय नभएसम्मका लागि जनगणना स्थगित 


  • 366
    SHARES
  • २०७८ बैशाख २० गते सोमबार

    अर्को निर्णय नभएसम्मका लागि जनगणना स्थगित 


    काठमाडौं । सरकारले जेठ अन्तिम सातादेखि असार पहिलो सातासम्म गर्ने भनेको राष्ट्रिय जनगणना स्थतिग गरेको छ । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले सरकारले हिजो यस सम्बन्धमा निर्णय गरेपनि आफूहरूलाई भने कुनै जानकारी अहिले आइनसकेको उनले बताए । 

    ‘राष्ट्रिय जनगणनाको लागि अहिले सुपरिवेक्षकहरूको तालिम चलिरहेको थियो, ’ उनले भने ‘अर्को निर्णय नभएसम्मका लागि सो तालिम स्थगित भएको छ । विभागले जनगणनाको लागि ९ हजार सुपरिवेक्षकलाई विभिन्न ८७ स्थानमा तालिम दिइरहेको थियो । विभागले जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी रुपमा सबै नेपालीको घरघरमा पुगेर राष्ट्रिय जनगणना–२०७८ गर्न लागेको हो । 


    images
    images

    Logo