images
images

तेह्रथुम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 388
    SHARES
  • २०७८ भाद्र १३ गते आइतबार

    तेह्रथुम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

     

    काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ आवेदन दिने आज (भदौ १३)  अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ९ गते देखि सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो ।  

    तेह्रथुम पावर उक्त  कम्पनी  ८ करोड रुपैयाँ  बराबरको आईपीओ निष्काशनमा ल्याएको हो  । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० का दरले ८ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।  

    निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ६० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।


    कम्पनीको  निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

     


    images
    images

    Logo