images
images

माछापुच्छ्रे बैंकले माग्यो ६० जना कर्मचारी, कति चाहिन्छ योग्यता ?


  • 703
    SHARES
  • २०८० फाल्गुण ३ गते बिहीबार

    माछापुच्छ्रे बैंकले माग्यो ६० जना कर्मचारी, कति चाहिन्छ योग्यता ?

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशका लागि ट्रेनी जूनियर असिस्टेन्ट पदमा ६० जना कर्मचारी माग गरेको हो । बैंकले सातै प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

    यस पदका लागि म्यानेजमेन्ट तथा विजनेश विषयबाट कम्तिमा ५० प्रतिशत वा २.५ जिपीएसहित ब्याचलर डिग्री गरेको हुनुपर्नेछ । कम्प्युटरसम्बन्धी आधरभूत ज्ञान भएको, ३० वर्ष उमेर नकटेको हुनुपर्नेछ । साथै, स्थानीयलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

    ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित फागुन ९ गतेसम्म दरखास्त आवेदन दिनुपर्ने बैंकले जनाएकाे छ । 

    MBL notice.jpg

     

     


    images
    images

    Logo