images
images

वायुसेवा निगमका आन्तरिक उडानमा विद्यार्थीलाई २५ प्रतिशत छुट


  • 348
    SHARES
  • २०८० फाल्गुण २ गते बुधबार

    वायुसेवा निगमका आन्तरिक उडानमा विद्यार्थीलाई २५ प्रतिशत छुट

    काठमाडौं । नेपाल वायुसेवा निगमले विद्यार्थीहरूका लागि आफ्ना आन्तरिक उडानहरूको हवाई भाडादरमा २५ प्रतिशत छुट दिएको छ । निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत यात्रा खर्चमा राहत पुगोस् भनि २५ वर्ष उमेरसम्मका विद्यार्थीहरूका लागि आन्तरिक उडानहरूको हवाई भाडादरमा २५ प्रतिशत छुट दिँदै आएको जानकारी गराएको हो ।

    'आज २०८० फागुन २ गते माघ शुल्क अर्थात् वसन्त पञ्चमी । यसदिन साना बालबालिकाहरूलाई अक्षराम्भ गराइने प्रचलन रहेको सन्दर्भमा नेपाल वायुसेवा निगमको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई आफ्नो यात्रा खर्चमा थोरै भएपनि राहत पुगोस् भनि २५ वर्ष उमेरसम्मका विद्यार्थीहरूका लागि निगमले आफ्नो आन्तरिक उडानहरूको हवाई भाडादरमा २५ प्रतिशत छुट प्रदान गर्दै  आइरहेको जानकारी गराउँदछौं,'विज्ञप्तिमा भनिएको छ।

    उक्त सुविधाको लागि विद्यार्थीले  परिचयपत्र र जन्मदर्ताको प्रमाणपत्रसहित निगमको आन्तरिक टिकट बिक्री कक्षमा सम्पर्क गर्नुपर्नेछ।


    images
    images

    Logo