images
images

साउदपछि चन्द्र ढकालले दिए राजीनामा, भीष्म ढुङ्गाना के गर्छन् ?


  • 1.2K
    SHARES
  • २०७८ भाद्र ९ गते बुधबार

    साउदपछि चन्द्र ढकालले दिए राजीनामा, भीष्म ढुङ्गाना के गर्छन् ?

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरिदमा मुछिएका नेप्सेका सिइओ चन्द्रसिंह साउदले मंगलबार राजीनामा दिएका थिए । त्यस्तै सोही प्रकरणमा मुछिएका ढकालले बुधबार राजीनामा दिएका हुन् । 

    बुक विल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको बिषय बाहिरिएपछि साउद, ढकाल र धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङगाना विवादमा तानिएका थिए । 

    तीन जना मध्ये २ जनाले राजीनामा दिएपछि ढुङगानामाथि दबाब सिर्जना भएको छ । तर, उनले राजीनामा नदिने बताइसकेका छन् । यदि आफुलाई पदबाट हटाए अदालत जाने चेतावनी ढुङ्गानाले सञ्चार माध्ययम मार्फत् दिइसकेका छन् । 


    images
    images

    Logo