images
images

हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति 


  • 408
    SHARES
  • २०८० माघ २० गते शनिबार

    हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति 

    काठमाडौं । साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरामा सञ्चालित हट एयर बेलुनले जमिनको सतहबाट नौ हजार फिटसम्म उड्ने अनुमति पाएको छ । यसअघि  तीन  हजार  फिटसम्म  मात्रै  उडान  अनुमति  पाएको  बेलुन  नेपालले  अब  पोखराको  निश्चित क्षेत्रमा नौ हजार फिटसम्म उडान गर्ने अनुमति पाएको हो ।

    बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय  निर्णयले  नेपाल  नागरिक  उड्डयन  प्राधिकरणले  पोखराको  लौरुकदेखि  चङ्खपुर  क्षेत्रमा  पोखरा  अन्तर्राष्ट्रिय  विमानस्थलको  टावर  फ्रिक्वेन्सी  निरन्तर सम्पर्कमा रहने गरी नौ हजार फिटसम्मको उडान अनुमति पाएको हो ।

    उनले भने, “दुई थान हट एयर बेलुनमार्फत बिहान दुई र बेलुका एक उडान गर्दै आएको कम्पनीले थप उचाइको अनुमति पाएको छ । अब  पर्यटकले  अन्नपूर्ण  हिमशृङ्खला,  पोखरा  आसपासको दृश्य र सूर्योदय तथा सूर्यास्त अझ राम्रोसँग देख्न पाउने छन् ।”उडान  स्थलको  प्राविधिक  जाँच  र  हाल  उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअलसमेतको अध्ययनपछि अनुमति प्राप्त गरेको उनले बताए । 

    कम्पनीसँग रहेका दुई थान हट एयर बेलुन युरोपेली मापदण्डको रहेको र उडान भर्ने पाइलट अमेरिकी  र  स्पेनिस  नागरिक  रहेको  उनले  जानकारी दिनुभयो ।सन् २०१८ देखि सञ्चालनमा रहेको कम्पनीले ४०  मिनेटको  उडान  गराउँदै  आएको  छ  ।  उडानको  समयमा ठुलो एयर बेलुनको भारवहन क्षमता ५४० केजी र सानो एयर बेलुनको चार सय केजी क्षमता रहेको उनले बताए । 

    त्यस्तै ठुलो एयर बेलुनमा आठ र सानो एयर बेलुनको बास्केटमा पाँच जना अट्ने क्षमता रहेको छ ।हट एयर बेलुनमा यात्रा गर्ने यात्रुको पनि हवाई यात्रुको जस्तै २० हजार डलरको यात्रु बिमा गरिएको छ । उडानका लागि नेपाली पर्यटकले नौ हजार पाँच सय रुपियाँ, तेस्रो मुलुकका पर्यटकलाई १३० डलर र दक्षिण एसियाली मलुकका पर्यटकलाई १३ हजार रुपियाँ उडान शुल्क तोकिएको छ । 

    त्यस्तै तीनदेखि नौ वर्षका बालबालिकाका लागि प्रतिव्यक्ति पाँच हजार रुपियाँ शुल्क कायम गरिएको । भारत र चीनमा सञ्चालित हट एयर बेलुनको तुलनामा नेपालमा उडान शुल्क सस्तो रहेकाले उडानमा सहभागी यात्रुमध्ये ७० प्रतिशत यात्रु छिमेकी मुलुकका हुने गरेको कम्पनीको दाबी छ ।


    images
    images

    Logo