images
images

महिला लघुवित्तले लाभांश नदिने


  • 381
    SHARES
  • २०८० माघ १९ गते शुक्रबार

    महिला लघुवित्तले लाभांश नदिने

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्षको मुनाफाबाट लाभांश नदिने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ । 


    images
    images

    Logo