images
images

जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक, कुन देशबाट कति ?


  • 452
    SHARES
  • २०८० माघ १८ गते बिहीबार

    जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक, कुन देशबाट कति ?

    काठमाडौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
     
    नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार ८ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार १ सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार ४ सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । 
     
    साथै चिनियाँ पर्यटक ७ हजार २ सय ६७, अमेरिकी पर्यटक ७ हजार ४७, थाइल्याण्डबाट ४ हजार ६ सय १९ जना पर्यटक नेपाल आएका छन् । जनवरीमा दक्षिण कोरियाबाट ३ हजार ८ सय १२, बङ्गलादेशबाट ३ हजार ६ सय २९, अष्ट्रेलियाबाट ३ हजार ४ सय २१, बेलायतबाट ३ हजार २ सय ७६, भुटानबाट २ हजार २ सय २९ र जापानबाट १ हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् । 


    images
    images

    Logo