images
images

कामना सेवा विकास बैंकका कर्मचारीलाई साईबर सुरक्षासम्बन्धी तालिम


  • 490
    SHARES
  • २०८० माघ १३ गते शनिबार

    कामना सेवा विकास बैंकका कर्मचारीलाई साईबर सुरक्षासम्बन्धी तालिम

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना बैंकका कर्मचारीका लागि साईबर सुरक्षासम्बन्धी तालिम दिएको छ । बैंकले सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई एक दिने तालिम दिएको हो ।

    तालिममा नेपाल प्रहरी, साईबर व्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई वर्तमान् अवस्थामा साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्वन्धमा जानकारी दिए।

    एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतिय ठगी, साईबर अपराध तथा अन्य साईबर सम्वन्धी जोखिमलाई न्यनुनिकरण गर्न बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरुले साईबर जोखिमको वारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए ।

    त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकका सञ्चालक समिति तथा उच्च व्यवस्थापनहरुको साईबर जोखिम सम्वन्धी ज्ञान अभिवृद्धी गरे। हाल बैंकले देशभर १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् बैकिङ सेवा दिइरहेको छ ।


    images
    images

    Logo