images
images

६ महिनामा २८ हजार ३ सय ९० जना पर्यटक सगरमाथा क्षेत्र पुगे, ६ करोड रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन


  • 481
    SHARES
  • २०८० माघ १३ गते शनिबार

    ६ महिनामा २८ हजार ३ सय ९० जना पर्यटक सगरमाथा क्षेत्र पुगे, ६ करोड रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन

    काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएको साउनदेखि पुससम्मको छ महिनामा २८ हजार तीन सय ९० जनाले भ्रमण गरेका छन् ।

    यो सङ्ख्या गएको वर्षको साउनदेखि पुससम्मको तुलनामा एक हजार चार सय ४१ जनाले धेरै हो । गएको आर्थिक वर्षको पहिलो छ महिनामा २६ हजार नाै सय ४९ जना पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । यस वर्ष सगरमाथा क्षेत्रमा पुगेका २८ हजार तीन सय ९० जनामध्ये तीन हजार पाँच सय ८३ जना नेपाली र बाँकी विदेशी हुन् ।

    यस्तै गएकाे छ महिनामा सगरमाथा राष्ट्रिय निकुञ्जमा सङ्कलन भएको राजस्व झन्डै ११ प्रतिशतले बढेको छ । छ महिनामा निकुञ्जले छ करोड ९६ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    निकुञ्जले सगरमाथा क्षेत्र घुम्ने विदेशीबाट प्रतिव्यक्ति तीन हजार, सार्क क्षेत्रका देशका व्यक्तिबाट एक हजार पाँच सय र नेपालीसँग एक सय रुपैयाँ शुल्क लिने गरेको छ । विशेषगरी पदयात्रा र पर्वतारोहणका लागि पर्यटकहरू सगरमाथा क्षेत्रमा पुग्ने गरेका छन् ।


    images
    images

    Logo