images
images

पत्रकारिताका विभिन्न शीर्षकमा रु ५ करोड ५० लाख बजेट विनियोजन गर्न प्रस्ताव


  • 574
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    पत्रकारिताका विभिन्न शीर्षकमा रु ५ करोड ५० लाख बजेट विनियोजन गर्न प्रस्ताव

    कर्णाली । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले प्रेसमैत्री बजेट ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घ टोलीले आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा समेट्नुपर्ने विषयबारे ज्ञापनपत्र बुझाएको हो । 

    ज्ञापनपत्रमा आमसञ्चार प्रतिष्ठान स्थापना गर्न, प्रदेश समितिलगायत आफ्नै भवन तथा जग्गा नभएका जिल्ला शाखाको भवन निर्माण, पत्रकारको पेशागत सुरक्षाका लागि कल्याणकारी कोष स्थापना गर्न, १० जिल्लाका पत्रकारका लागि क्षमता विकास, लेखनवृत्तिजस्ता कार्यक्रममा बजेट विनियोजन गर्न माग गरिएको छ । 

    महासङ्घ प्रदेश समितिका सचिव दीपक बुढाले पत्रकारिताका विभिन्न शीर्षकमा रु पाँच करोड ५० लाख बजेट विनियोजन गर्न माग गरिएको बताए ।

    ज्ञापनपत्र बुझ्दै सरकारका प्रवक्तासमेत रहनुभएकी आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले पत्रकार महासङ्घको सुझावका आधारमा सञ्चार क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए।


    images
    images

    Logo